देउवा निवास अगाडि भेटिएको शंकास्पद झोलाभित्र माटो भेटियो

केन्द्रभाग मिडिया

कैलाली ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र त्यो भाँडोभित्र माटो भेटिएको जानकारी दिए ।

आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । सेनाको टोलीले शंकास्पद झोला खोतल्दा त्यसभित्र इलेक्ट्रिक केटली जस्तो भाडो र त्यसभित्र माटो भरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बोहराले बताए

यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

  • ९ भाद्र २०८१, आईतवार ०९:१५ प्रकाशित