काठमाडौं ।
रामेछापको शैलुुङ गाउँपालिका ३ लेखर्क स्थित पहारीगाउँमा गएराति आएको पहिरोमा परी दुुईजनाको ज्यान गएको छ । पहिरोले ३ वटा घर बगाउदा २ जनाको ज्यान गएको हो भने केही बेपत्ता छन । बिहान पख ३ः३५ तिर पहिरोले गाँउमा क्षती पुु¥याएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ । पहिरो गएको ठाँउमा जाने अंधेरी खोलाको पुल समेत भत्किएकाले टोकरपुर र दोरँबाबाट गएको प्रहरीको टोली घटनास्थलमा पुुग्न ढिला भएकाले बिस्तृत विवरण आउन बाँकी रहेको न्यौपानेले बताए ।
त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो । मृतक र वेपत्ताको परिचय खुल्न बाँकी छ ।














