मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

केन्द्रभाग मिडिया

फोटो श्रोत : मुग्लिङ बजार फेसबुक पेज

चितवन ।

महेन्द्रनगरबाट काठमाण्डौ आउदै गरेको बस मुग्लिङ– नारायणगढ सडक खण्डको घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन ।  सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

  • ९ भाद्र २०८१, आईतवार ०८:२४ प्रकाशित