पोखरा ।
केही सहकारी संस्थाका सञ्चाकका कारण अहिले सहकारी संस्था र यसमा लागेकाहरु प्रति आम धारणा नकारात्मक बनेको छ । केही नाम चलेका सहकारीका सञ्चालक अहिले प्रहरी हिरासत र कारागारमा समेत पुगेका छन् । सहकारी प्रति नकारात्मक धारणा आउने गरी देखिएका विकृति चिर्दै धेरै सहकारी संस्थाहरु सहकारीको मर्म अनुरुप सदस्यको हितमा राम्रो काम गरेका छन् ।
यीनै राम्रा उदाहरण दिन मिल्ने सहकारी मध्ये पोखराको लेकसाइडमा स्थापना भएको सुलभ उपभोक्ता सहकारी संस्थाले आफ्ना सदस्य मात्र नभएर वरपरका सर्वसाधारणकै मन जितेको पाइएको छ । सुलभ डिपार्टमेन्टल स्टोर्स मार्फत उक्त सहकारीले सदस्य र सर्वसाधारणको समेत मन जितेको हो । लेकसाइडका पर्यटन व्यवसायीहरु मिलेर १५ वर्ष अगाडि स्थापना गरिएकोे सुलभ सहकारी संस्थामा अहिले एक सय जना सदस्य छन् ।
पोखराको नरेश्वर चोकमा रहेको यो डिपार्टमेन्टल स्टोर्सले तिनै सदस्यलाई पहिलो प्राथमिकतामा राखेकोे र आउने बाँकी ग्राहकलाई पनि सर्वसुलभ ढंगले सेवा दिएको सुलभ डिपार्टमेन्टल स्टोर्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बरालले जानकारी दिए । खाद्यान्य, घरयासी सामग्री र होटल रेष्टुरेन्टलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
सिधै उत्पादकबाट सामान ल्याइने हुँदा धेरै मार्जिन राख्न नपर्ने र यसो हुँदा सर्वसुलभ मूल्यमा उपभोक्तालाई समान दिन पाइएको उनले जानकारी दिए । दाल चामल देखि दैनिक उपभोग्य बस्तुहरु तेल चिनी ससेज, माछामासु, मदिराजन्य पदार्थ लगायत पर्यटनसंग सम्बन्धित होटल रेष्टुरेन्टका लागि चाहिने सामान सो डिपार्टमेन्टल स्टोर्सबाट सर्वसुलभ रुपमा पाइन्छ ।
विगतमा होटेल र रेष्टुरेनटका लागि पोखरामा पर्याप्त समान नपाउँदा त्यसको व्यवस्थापनका लागि डिपार्टमेन्टल स्टोर्स सुरु गर्ने धारणा आएको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले सुलभ सहकारी संस्था लिमिटेडले स्थापना गरेको सृुलभ डिपार्टमेन्टल स्टोर्ससले आफ्ना सदस्य ग्राहकको मन जितेको भएर नै सुलभ बन्न सफल भएको धारणा राख्छन् । यसका सदस्य र उपभोक्ताको सन्तुष्टि नै सहकारीको सफलता रहेको उनको भनाई छ ।
सहकारीका लेखासमिति संयोजक एवं पूर्वअध्यक्ष विश्वराज पौडेले सेयर सदस्य नै लगानीकर्ता र उपभोक्ता हुँदा ग्राहकको समेत समस्या नरहेको जानकारी दिए । डिपार्टमेन्टल स्टोर्समा अहिले ३५ जना कर्मचारीले प्रतयक्ष रोजगारी पाएका छन् । सहकारीले सिएसआर अन्तर्गत पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । साढे ५ रोपनी क्षेत्रफलमा फैलिएको सो सुलभ डिपार्टमेन्टल स्टार्सले सेवलाई दिनानु सर्वसुलभ र बिसिस्टिकृत गर्दै लगेको छ ।














