जिल्ला स्तरीय खुल्ला लोकगीत प्रतियोगिताको उपाधी ग्लोबल कलिजियटलाइ

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला रेडक्रस शाखा कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल राष्ट्रिय मा.वि.को ब्यवस्थापनमा सम्पन्न जिल्ला स्तरीय खुल्ला लोकगीत प्रतियोगितामा ग्लोबल कलिजियट मावि पोखरा १२ ले प्रथम स्थान हाँसिल गरेको छ ।
कास्की भरिका ३८ विद्यालयलाई पछाडि पार्दै ग्लोवलले प्रतियोगिताको उपाधी हात पार्न सफल भयो । उपाधी संगै ग्लोवलले नगद ८ हजार र प्रमाणपत्र प्राप्त गरे ।

 

त्यस्तै प्रतियोगितामा विन्दवासिनी मा.वि. पोखरा १६ ले द्धितिय स्थान सहित नगद ६ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भएभने राष्ट्रिय माविले तृतिय स्थान सहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा धर्मस्थली मा.वि. र बालविद्या मन्दिरले समान अंक प्राप्त गरी सान्तवना स्थान सहित नगद १५/१५ सय र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा कुमुदिनी होम्सका , पृथ्वीनारायण मावि धम्पुसका सन्देश सुनार र कालिका मा.वि. रामबजारका युनिशा सिंखडाले मौलिक स्वर प्रस्तुती मार्फत जनही नगद १ हजार र प्रमाणपत्र प्राप्त गरे ।प्रतियोगिताका बिजेताहरुलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाल रेडक्रस कास्की जिल्ला शाखाका उपसभापति उर्मिला खड्का, युवा रेडक्रस सर्कल राष्ट्रिय माविका अध्यक्ष शिरिष त्रिपाठी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै लोक दोहोरी गीत प्रतिष्ठानका नेपालका पूर्व अध्यक्ष वरिष्ठ गायक पुरुषोत्तम न्यौपानेले विद्यालय तहबाट लोकगीतको संरक्षण र प्रवद्र्धनका लागि लोकगीत प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । पछिल्लो समय लोक संस्कृतिमा विकृति वढिरहदा विद्यालय स्तरमा आयोजना हुने लोकगीत प्रतियोगिताले लोक संस्कृतिको संरक्षणमा थप टेवा पुुग्ने उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति डण्डराज शर्माले रेडक्रसका यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फि विकास हुनुका साथै प्रतिभा प्रष्फुटन हुने कुरामा विश्वास रहेको वताए ।कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१ का अध्यक्ष सहारा प्रधान, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाल रेडक्रस कास्की जिल्ला शाखाका उपसभापति उर्मिला खड्का, वडा नं.१ शाखाका सचिव रामप्रसाद अधिकारी, राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक तथा संरक्षक ईश्वरी प्रसाद सापकोटाले राखेका थिएभने नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला कार्यसमिति सदस्य तथा युवा समिति संयोजक रमेशराज भण्डारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।युवा रेडक्रस सर्कल अध्यक्ष शिरिष त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय मा.वि. युरेस शिक्षक नायक अम्बिका भण्डारीले गरेकी थिइन ।

  • ८ भाद्र २०८१, शनिबार ०९:५१ प्रकाशित