मर्स्याङ्दीमा खसेको बसमा सवार २७ जनाको ज्यान गुमेको पुष्टि

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गुमेको छ । युपी ५३ एफटी ७६२३ नम्बरको बस ऐनापहरा नजिकैको सडकबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले २६ जनाको शव संकलन गरेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए । उनका अनुसार एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमेको हो ।

घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल लगिएको उनले बताए । उनीहरुको उपचार भइरहेको छ । बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको डीएसपी रायले जानकारी दिए ।

दुर्घटनामा परेका भारतीय पर्यटक भारतको गोरखपुरबाट २ दिनअघि पोखरा आएका थिए । उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौं लागि हिँडेका थिए । सो क्रममा आँबुखैरेनीमा बस दुर्घटनामा परेको हो ।

  • ७ भाद्र २०८१, शुक्रबार २१:५३ प्रकाशित