तनहुँमा बस दुर्घटनामा परेका १० घाइतेलाई काठमाडौं लगियो

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा परेर घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार १० जनलाई हेलिकोप्टर काठमाडौं लगिएको हो । अन्यको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले जानकारी दिए ।

‘१० जनलाई होलिकोप्टरबाट काठमाडौं पठायौं, बाँकीको यही स्थानीय अस्पतालमा उपचार हुँदैछ । हामी उद्धारमै खटिएका छौं, धेरै बोल्ने अवस्था छैन’ दुर्घटना स्थलमा रहेका सीडीओ गौतमले भने ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा चालक–सहचालकसहित ४१ भारतीय रहेको उनीहरु बसेको होटललाई उद्धित गर्दै कास्की प्रहरीले पुष्टि गरेको छ । गोरखपुरबाट दुई दिन अगाडि पोखरा आएका भारतीय पर्यटक पोखरामा घुमेर काठमाडौं प्रस्थान गरेका हुन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् ।

  • ७ भाद्र २०८१, शुक्रबार १५:१५ प्रकाशित