काठमाडौँ ।
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले अबको निर्वाचनमा कांग्रेसको मुख्य प्रतिद्वन्द्वी नेकपा एमाले हुने बताएका छन् ।
पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताउँदै उनले एमाले मुख्य प्रतिद्वन्द्वी रहने बताए । पार्टी कार्यालय सानेपामा शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सरकारबारे चिन्ता लिन नपर्ने भन्दै ८४ को निर्वाचनमा पार्टीको प्रतिद्वन्द्वी एमाले भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।
‘यो सरकार चल्छ । अब हाम्रो उद्देश्य के अब हुनुपर्छ भने ८४ को चुनाव हुनुपर्छ’, कोइरालाले भने, ‘जहाँ हाम्रो मुख्य प्रतिद्वन्द्वी हुन्छ एमाले । त्यसका लागि हामी कडाइका साथ उभिएर सङ्गठनतर्फ उभिनुपर्छ ।