पोखरा ।
तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु सबै भारतीय भएको खुलेको छ ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए । उनीहरु ५ भदौमा गोरखपुरबाट पोखरा आएका हुन् । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए ।
बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका खुलेको हो । यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको अचेत अवस्थामा र बाँकी १५ जनाको घाइते अवस्थामा उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य जारी राखेको छ । – सच्याइएको
दुर्घटनामा परेको बसमा सवार यात्रुको नाम