अबुखैरेनीको ऐना पहरामा भारतीय पर्यटक बस दुर्घटना, ११ जना बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।

२९ जनाको उद्दार गरिएको र त्यसमध्ये १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक चिरञ्जिवी घर्तीमगरले जानकारी दिए । बेपत्ताको खोजी कार्य भइहेको उनले बताएका छन् ।

  • ७ भाद्र २०८१, शुक्रबार १३:०७ प्रकाशित