गोकर्ण कार्कीले गरे पोउवा संघको अध्यक्षका लागि उम्मेद्वारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

कार्कीले आफ्नो प्यानल भने घोषणा गरेनन् । कसैलाई काखा कसैलाई पाखा नगर्ने भन्दै यसअघि पदाधिकारीको लागि उमेद्वारी घोषणा गरेका नै आफ्नो प्यानलका पनि भएको उनले बताए ।

उनले आफ्नै टिमका साथीहरुलाई अप्ठेरोमा पार्न नचाहेको टिप्पणी गरे । वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नो उमेद्वारी र दावी स्वभाविक भएको उनको तर्क थियो । आगामी २८ र २९ भदौमा पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ ।

पोखरा उद्योग वाणिज्य संघको असन्न अधिवेशनमा अध्यक्षका लागि यस अगाडि अर्का व्यवसायी अर्जुन पोखरेलले पदाधिकारीसहितको उम्मेद्वारी घोषणा गरेका थिए । उनको प्यानलमा अहिलेकै अधिकासं कार्यसमितिका पदाधिकारी छन् ।

  • ६ भाद्र २०८१, बिहीबार २०:५० प्रकाशित