पोखरा ।
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत २४ साउनमा सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको हो ।















