घाँसी कुवा पहिरो अपडेट

२२ घण्टादेखि पृथ्वी राजमार्ग अबरुद्ध, साँझबाट एकतर्फी खुलाउने प्रयास

केन्द्रभाग मिडिया

पोखरा ।
अविरल वर्षाले गर्दा आएको पहिरोका कारण पृथ्वी राजमार्ग झण्डै २२ घण्टा देखि अबरुद्ध छ । बुधबार साँझ ५ बजेपछि व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा  १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाउन डोजर र स्काभेटर प्रयोग भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार डाइभर्ट गरेर राति देखिनै साना सवारी साधन पठाइएको भएपनि बीच बीचमा फसेकाले त्यसमा पनि समस्या आएको छ ।

‘पहिरो ठूलो भएकोले हटाउन समय लाग्छ । डाइभर्सन प्रयोग गरेर सवारी साधन पठाइएको भएपनि बीचबीचमा सबारी फस्दा समस्या भएको छ’ उनले भने ।

पृथ्वी राजमार्गको उक्त सडकखण्ड अबरुद्ध हुँदा काठमाडौं र नारायणगढ बाट तनहुँ हुँदै पोखरा आउने र पोखराबाट उक्त सडक हुँदै काठमाडौ र देशका अन्य भागमा पुग्ने सयौं सवारी साधन रोकिएका छन् ।

साँझसम्म एकतर्फीरुपमा भएपनि सडक खुलाउने प्रयास जारी रहेको सीडीओ गौतमले बताए ।

 

  • ६ भाद्र २०८१, बिहीबार १५:४३ प्रकाशित