परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किंदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछिन् ।

आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् ।मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् ।

उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

  • ६ भाद्र २०८१, बिहीबार १४:३९ प्रकाशित