पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा थियो ।
आज युरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा छ । यस्तै आज डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा छ । भने आज चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।















