१४ घण्टादेखि पृथ्वी राजमार्ग अबरुद्ध, घाँसी कुवाको पहिरो हटाउन अझै समय लाग्ने

केन्द्रभाग मिडिया

पोखरा ।
अविरल वर्षाले गर्दा आएको पहिरोका कारण पृथ्वी राजमार्ग १४ घण्टा देखि अबरुद्ध छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाउन डोजर र स्काभेटर लगायतका साधन प्रयोग भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सहायक निरीक्षक मनिस थापाका अनुसार सवारी डाइभर्ट गरेर राति देखिनै सवारी साधन पठाइएको भएपनि अहिले डाइभर्सनमा नै बिहान ७:४० बजेदेखि बस फसेकाले त्यो पनि अबरुद्ध भएको छ ।

‘पहिरो ठूलो भएकोले हटाउन समय लाग्छ । डाइभर्सन प्रयोग गरेर सवारी साधन पठाइएको भएपनि अहिले एउटा बस फसेकाले त्यो पनि बन्द भएको छ । त्यसलाई निकाल्ने प्रयास जारी छ’ उनले भने ।

 

  • ६ भाद्र २०८१, बिहीबार ०८:२२ प्रकाशित