अपडेट : नागढुंगाको पहिरो हटाउन थालियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउन थालिएको छ । नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।

आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो खस्न कम भएपछि पहिरो पन्छाउने काम थालिएको हो ।

  • ५ भाद्र २०८१, बुधबार १५:४६ प्रकाशित