रविले भदौ ७ गते सहकारी छानबिन समितिमा बयान दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन् ।

‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।

  • ५ भाद्र २०८१, बुधबार १५:४० प्रकाशित