नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो : बसमा सवार आमा छोरी घाईते

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको बताइएको छ ।

भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

माइक्रोमा सामान्य क्षति भएको बताइएको छ।

  • ५ भाद्र २०८१, बुधबार १५:२५ प्रकाशित