भारतको त्रिपुरा राज्यमा पहिरोमा परी कम्तीमा ७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

file photo

भारतीय राज्य त्रिपुरामा मंगलबार भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा सात जनाको ज्यान गएको छ।

बीबीसी हिन्दीका अनुसार मृतकमा एकै परिवारका तीन जना रहेका छन्। त्रिपुरामा तीनदेखि चार स्थानमा भारी वर्षा भएको छ।

त्रिपुरा राजस्व विभागका सचिव ब्रिजेश पाण्डेले समाचार एजेन्सी पीटीआईलाई दक्षिण त्रिपुरा जिल्लामा पाँच जनाको ज्यान गएको जानकारी दिए। गोमती र खोवाई जिल्लामा एक–एक जनाको ज्यान गएको छ। यी जिल्लामा दुई जना बेपत्ता भएको पनि समाचार छ।

यसैबीच त्रिपुराका मुख्यमन्त्री माणिक साहले दिल्लीबाट फर्केर वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गरेका छन्।

  • ५ भाद्र २०८१, बुधबार १०:५७ प्रकाशित