पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा थियो ।
आज डलर एकको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा छ । भने आज चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।















