राष्ट्रिय कृषि ऐन ल्याउने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीको भनाइ थियो । ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ,’ उनले भने, ‘सम्भवत महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ ।’

मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बताए ।

  • ४ भाद्र २०८१, मंगलवार १६:१७ प्रकाशित