काठमाडौँ ।
चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा गुडिरहेको कारामा ढुङ्गा खसेको छ ।
बीएडी ८३२२ नम्बरको कारमा माथिबाट ढुङ्गा खसेर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
३ नम्बर पुल नजिकै भएको सो दुर्घटनापछि कार काठमाडौँ तर्फ लागेको डीएसपी रिजालले जानकारी दिए । कार भरतपुर महानगरपालिका–२ बस्ने ५५ वर्षीय सन्तोष कचिलाले चलाएका थिए ।














