पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि साँस्कृतिक तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
‘तीजको वेला सिटीवानको साँस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१’ नाममा टेलिभिजनले तीजका साँस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।
टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतिहरु लोप हुन लागेको भन्दै सबैको संस्कृति संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । पहिलो र दोस्रो संस्करणको सफलता पछि यही भाद्र १५ र १६ गते विहान ९ः०० वजे देखी तेस्रो संस्करणको प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदैँ तीजलाई तीज जसरि नै मनाउनका लागि मेला आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई थियो । उनले भनिन् ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनु पर्छ, दर सस्कृती के हो आदी विषयमा जानकारी दिदैँ हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ तेस्रो सस्करणको मेला सञ्चालन गर्न लागेका हौं ।’
करिव ६० समुहको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगीतामा विपत् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्वद्धन, सरसफाइ, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ र्दुव्यसनी जस्ता सामाजिक विषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।
भदौको १५ र १६ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रमा प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुषा ५ हजार, उत्कृष्ट शव्दका लागि ५ हजार रहेको छ ।
निशुल्क समुह दर्ता गरि आफ्नो संस्कृती प्रस्तुत गर्न अनुरोध गर्दै टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले पछिल्लो अवस्थामा तीज सस्कृतीको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागेको जानकारी दिए ।
उनले टेलिभिजन स्थापना पनि राजनीति भन्दा माथि उठेर समाजको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नतीका लागि सहकार्य गर्ने मुख्य उद्धेश्य रहेको जानकारी पनि बताए।

उनले भने ‘गण्डकी प्रदेशमा सञ्चालन भएको टेलिभिजनले नेपालका विभिन्न संस्कृतिको संरक्षण र जर्गेना गर्दै समाजका हरेक उत्कृष्ट विषयहरुलाई आफ्नो विषय वनाएर सार्वजनिक कार्यक्रमहरु पनि आयोजना गर्ने उद्धेश्य लिएको छ ।’
मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम सञ्चालन गर्ने मेला संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् ।
उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृतीको वारेमा जानकारी दिने कार्यक्रम समेत रहेको छ ।कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख खर्च हुने छ भने सहभागी समुहलाई निशुल्क टिम दर्ताको आव्हान पनि गरिएको छ ।
गत वर्ष भन्दा यस वर्ष स्कुल स्तरमा तीज सस्कृतिको वारेमा जानकारी दिन विशेष गरि स्कुले विद्यार्थीका समुहलाई पनि समावेश गर्ने योजना रहेको कार्यक्रमका सह संयोजक सरला त्रिपाठीले जानकारी दिइन् ।















