रोल्पामा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो, २ घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका-१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए ।

शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको डिएसपी लामाले जानकारी दिए ।

अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

  • २ भाद्र २०८१, आईतवार १४:१७ प्रकाशित