मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लाग्दा जुम्लामा एकको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जुम्लामा एक जना पुरुषको चट्याङ लागेर ज्यान गएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो ज्यान गएको हो ।

मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

यता महोत्तरीको लोहारपट्टी नगरपालिका-५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति ज्यान गएको छ ।

बलबा नगरपालिका-११ रौजा बस्ने नुख्तार शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ज्यान गएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २ भाद्र २०८१, आईतवार १०:१२ प्रकाशित