तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्ट र बालकाशी गुरुङलाई

केन्द्रभाग मिडिया

म्याग्दी ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा सम्पन्न तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि पोखराकी बालकाशी गुरुङले जितिन् ।

समुद्री सतहबाट चार हजार छ सय ४५ मिटर उचाइमा रहेको लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे ।

प्रतियोगितामा सहभागी हुनका लागि काठमाण्डौ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए । तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान)मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

  • २ भाद्र २०८१, आईतवार ०९:५६ प्रकाशित