सोलुखुम्बुमा हिमपहिरो : थामे गाउँमा बाढी, घटनास्थलतर्फ प्रहरी जाँदै

केन्द्रभाग मिडिया

विराटनगर ।

सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपहिरो गएको आशंका गरिएको छ । थामे क्षेत्रमा एकाएक बाढी पसेपछि हिमपोखरी फुटेको हुन सक्ने आशंका गरिएको हो ।

खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्‍याएको जानकारी दिएका छन् । सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले अहिलेसम्म क्षतिको विवरण नआएको बताएका छन् । बाढीले थामेमा क्षति पुराएको बताइएको छ ।

मानवीय क्षति भएको छ छैनन भन्ने अहिले नै विवरण नआएको र सोबारे बुझ्न प्रहरी घटनास्थल तर्फ जाँदै गरेको बताइएको छ । प्रहरी पुगेपछि मात्र घटनाबारे विस्तृत जानकारी आउने प्रहरीले बताएको छ।

हिम पहिरो बाढीका रूपमा झरेपछि जिल्लाको दुधकोसी नदीमा भिषण बाढी आएको छ ।

  • ३२ श्रावण २०८१, शुक्रबार १५:२४ प्रकाशित