पोखरा ।
पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखीले अन्तरमावि (९–१२) छात्रा भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
तीज अवसरमा आगामी भदौ ७ देखि १० सम्म क्याम्पस प्रांगण शान्तिवनमा प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक विनोदराज आचार्यले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले भदौ ५ सम्म समूह दर्ता गरिसक्नुपर्ने आचार्यले बताए। दर्ता शुल्क २ हजार तोकिएको छ ।
प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः ३० हजार र २० हजार नगदका साथमा प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।