सांसदका दुई संयुक्त समितिमा सभापति चयन आज

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सङ्घीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

  • ३१ श्रावण २०८१, बिहीबार ०८:५१ प्रकाशित