टीआरसी विधेयक कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै प्रम ओलीद्धारा खुशी व्यक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले केही खुसी र केही स्पष्ट पार्न आफूले संसदमा आज समय मागेको बताए ।

उनले देशमा रहेको द्वन्द्व नेपालको मौलिकता अनुसार नै दलहरूले प्रयास गरेको र सोही अनुसार अघि बढेको भन्दै शान्ति प्रक्रियाको एक अंश टीआरसी विधेयक पनि सहमतिमै अघि बढेको बताए । ‘हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ । यो मौलिक छ ।

त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ ।’ द्वन्द्वको नीति बोकेका अनेक समूहलाई शान्ति र लोकतन्त्रको राष्ट्रिय मूलधारमा ल्याइसकेको भन्दै उनले अहिले टीआरसीलाई टुंग्याउने प्रयास गरिएको बताए ।

पीडित मैत्री र सहमतिका साथ टीआरसी विधेयकको दस्ताबेज अघि बढाएको र यो विधेयक आजै प्रतिनिधिसभाले पास गर्ने र केही दिनभित्र राष्ट्रिय सभाले पनि पास गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । ‘

लामो समयदेखि अल्झिएको टीआरसी विधेयकमा दलहरूबिच सहमति जुटेपछि मङ्गलवार संसदमा टेबल भएको थियो ।

  • ३० श्रावण २०८१, बुधबार १५:४६ प्रकाशित