पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

केन्द्रभाग मिडिया

चितवन ।

वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो ।सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

  • ३० श्रावण २०८१, बुधबार ०९:३४ प्रकाशित