बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलोपटक वक्तब्य जारी गरेकी छिन । गत साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले ९ दिनको दिन गयराति पहिलो वक्तब्य जारी गरेकी हुन ।

हसिनाले उनको छोरा साजिव वाजेदले फेसबुकमार्फत वक्तब्य सार्वजनिक गरेकी छिन । वक्तव्यमा उनले सन् १९७५ मा अगस्ट १५ भएको आफ्नो परिवारका सदस्यहरूको हत्या र जुलाई यताको प्रदर्शनको विषयमा उल्लेख गरेकी छन भने जुलाइदेखि बंगलादेशमा भएका हत्या, हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन ।

विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा भएको आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छनभने विद्यार्थी, शिक्षक, प्रहरी, गर्भवती महिला, पत्रकार, अभियान्ता, अवामी दलका नेता, विभिन्न संस्था र त्यससँग सम्बन्धित व्यक्तिहरू आतंककारी आक्रमणबाट मारिएको वक्तव्यमा उल्लेख छ।

उनले आफूजस्तै प्रियजनहरू गुमाएर पनि बाचिरहेकाहरूप्रति समवेदना प्रकट गरेकी छन् । ‘यी जघन्य हत्या र तोडफोडका पछाडि जिम्मेवार व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन र विस्तृत अनुसन्धान गर्न माग गर्दछु,’ हसिनाको वक्तव्यमा उल्लेख छ ।उनले पछिल्लो समय भएको क्रियाकलापबाट राष्ट्रपति मुजिबुर रहमान र लाखौं शहीदहरूको अपमान गरिएको समेत बताएकी छिन ।

उनले १५ अगस्टलाई राष्ट्रिय शोक दिवस उचित सम्मान र गम्भिरताका साथ मनाउन आग्रह पनि गरेकी छन्। भोलि बंगबन्धु स्मृति संग्रहालयमा पुष्पहार अर्पण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्न पनि बंगलादेशी नागरिकहरूलाई आग्रह गरेकी छन ।

  • ३० श्रावण २०८१, बुधबार ०९:०२ प्रकाशित