पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो आठौं स्थापना दिवशको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री हस्तान्तरण गरेको छ । पोखरा महनगरपालिका बडा न. ६ स्थित तालबाराही मावीमा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीलाई चाहिने सुत्ने पलङ्ग, विस्तारा, सिरक डसना, सिरानी लगायत १० जोर जुत्ता समेत वितरण गरिएको ओटेफ पोखराका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिइन्।
शैैक्षिक एवं आवश्यक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले महिला पर्यटन व्यवसयी मञ्चले विगत आठ बर्ष देखि सामाजिक उत्तरदायित्व अन्तरगत पर्ने विभिन्न सहयोग कार्यक्रमहरु गर्दै आएको बताइन् । उनले आठौं स्थापना दिवसमा आफूले अध्ययान गरेको तालबाराही विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बाइन्।
तालवाराही मावी पर्यटन क्षेत्रमै रहेकाले विद्यार्थीलाई आवश्यक शैद्धान्तिक र प्रयोगात्मक ज्ञान लिन समेत सहज भएको उनले सुनाइन् । विद्यालयमा विहानी कक्षालाई दिउँसो सञ्चालन गर्दा, दिनमा श्रम गरेर विहान अध्ययान गर्ने विद्यार्थीहरु मर्कामा पर्ने भएको हुँदा यसलाई सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
तालवाराही विद्यालय वस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले विद्यालय अनुसासन र गुणस्तरीय शिक्षामा पोखरामै उत्कृट रहेको दावि गरे । उनले शैक्षिक सामाग्री वितरण गर्ने महिला पर्यटन व्यवसायी मञ्च प्रति आभार प्रकट गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तेजनाथ न्यौपाने, भूपू विद्यार्थी मञ्चका अध्यक्ष नारायण प्रसाद पहारी, वडा सदस्य बासुदेव वराल, महिला पर्यटन व्यवसायी मञ्चका सल्लाहकार नर्मला कँडेल, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ओठेफका संस्थापक अध्यक्ष जमुना पराजुली लगायतले उक्त अवसरमा बोलेका थिए ।