तीज क्विन सुनिता दुलालको ‘नबोल अरु सँग’ सार्वजनिक (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग’ सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन् । ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ ।

नेत्र अर्यालको शब्द रहेको गीतलाई खेम सेञ्चुरीले संगीतबद्ध गरेका हुन् । गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको यो गीत देशविदेशका सबैलाई मनपर्ने उनले बताइन ।

दुलालका ‘पियारी’, यो रमाईलो तिजैमा, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन् । तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ । तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन् ।

  • २९ श्रावण २०८१, मंगलवार १८:१४ प्रकाशित