पोखरा-४ मा डेंगी विरुद्ध सचेतना र्‍याली (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको वडा नम्बर ४ ले डेंगी विरुद्ध सचेतना र्‍याली सम्पन्न गरेको छ । वडा कार्यालयले स्थानीय विद्यालयहरुका शिक्षक र विद्याथी, टोविकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, रेडक्रस र जनप्रतिनिधिसहित र्‍याली गरेको हो ।

डेंगी रोग लाग्नुका कारण बारे जानकारी दिनुका साथै लामखुट्टेको बासस्थान र यसलाई नष्ट गर्ने उद्देश्यले डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज तथा नष्ट अभियानका लागि सचेतना मुलक र्याली गरिएको पोखरा ४ का स्वास्थ्य शाखा प्रमुख सुजन पौडेलले जानकारी दिए ।

पोखरा ४ को वडा कार्यालयबाट सुरु र्याली गणेशटोल, नालाकोमुख, विन्ध्यवासिनी वसपार्क, फिर्केपुल, बुढा निलकण्ठ, सिद्धार्थचोक, चिप्लेढुंगा र पन्थीगल्ली हुँदै पुनः वडा कार्यालय आएर समापन भएको हो । र्यालीको समापन गर्र्दै वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागी सबैलाई धन्यवाद दिए । उनले लामखुट्टे खोज र नष्ट गर अभियानमा हातेमालो गर्न सबैमा आग्रह गरे ।

वडा कार्यालयका अनुसार स्थानीय विद्यालयका शिक्षक, विद्याथी, टोविकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका र जनप्रतिनिधिसहितको विभिन्न टोली बनाएर लामखुट्टे खोज एवं नष्ट गर्ने अभियान निरन्तर चल्नेछ ।

  • २९ श्रावण २०८१, मंगलवार १०:४३ प्रकाशित