हैजा सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

  • २९ श्रावण २०८१, मंगलवार १०:२८ प्रकाशित