पोखरा ।
धरिलो हतियार देखाई लुटपाट गर्ने पाँज जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले हतियार देखाइ लुटपाट गर्ने तीन जना र लुटेको सुनको गहना किन्ने दुुइजना सुन चाँदी पसलेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १८ का ३७ वर्षिय देवन गुरुङ, पोखरा १८ बस्ने १९ वर्षिय अजित रुचाल भन्ने हितमान सार्की र तनहुँ ब्यास ३ घर भइ पोखरा ५ बस्ने १८ वर्षिय अनिस भट्ट
र सुनको गहना किन्ने पोखरा ४ गणेशटोल बस्ने बिकास सुनचाँदी पसलका सञ्चालक नरायण बि.क. र एसपि मान्मा ज्वेलसीका सञ्चालक प्रशान्त मान्मा रहेका छन ।
आइतबार दिउसो २ बजेको समयमा पोखरा ६लेकसाइडमा २० वर्षिय एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका अपरिचित ब्याक्तिहरुले धरिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी निज महिलाको साथमा रहेको दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार र लेदरको कालो रङको ज्याकेट समेत लुटि फरार भएकाहरुलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको ग ८ प ६९२४ नम्बरको रातो रंगको डियो स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरी खानतलासी गर्दा निजहरुको साथबाट लुटपाट गरि बिक्री गरेको सुनको सिक्रीबाट आएको नगद १ लाख ३ हजार ५ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार उक्त सुनको गहना किन्ने पोखरा ४ गणेशटोल बस्ने बिकास सुनचाँदी पसलका सञ्चालक नरायण बि.क. र एसपि मान्मा ज्वेलसीका सञ्चालक प्रशान्त मान्मालाई समेत नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।