केवलकार बन्द हुँदा मनकामनामा ६० प्रतिशत भक्तजन घटे

केन्द्रभाग मिडिया

गोरखा ।

मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ ।

तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए । ‘यो बर्षाको समय अफसिजन भएकाले अन्य महिनाजस्तो भक्तजनको चाप त हुदैन’, उनले भने, ‘तर पनि पोहोरको तुलनामा अहिले ६० प्रतिशतले भक्तजन घटेका छन् ।’

शनिबारबाहेक अन्य दिन दैनिक एक सय जना भक्तजन पुग्न पनि मुश्किल हुने गरेको उनले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई तीन सय जना मात्र भक्तजन हुने गरेका छन् । केवलकार खुलेको बेला यो सिजनमा कम्तिमा एक हजार भक्तजन आउने गरेको उनी बताउँछन् ।

भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् ।

  • २८ श्रावण २०८१, सोमबार १३:५८ प्रकाशित