आज साउनको अन्तिम सोमबार, शिबालयमा भक्तजनको घुुइचो

केन्द्रभाग मिडिया

काठमाडौं ।
साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लगेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका हरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गर्दछन । यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ । यता पोखराको केदारेश्वर मन्दिरमा समेत श्रद्धालुुहरुको भिड लगेको छ । पोखराको सिमपानी स्थित गाइघाटमा रहेको सेती नदीमा स्नान गरी भक्तजनहरुले सेतीको पानी केदारेश्वर महादेव मन्दिरमा रहेको शिवलिंगमा चढाउने गर्छन । आज दिनभर केदारेश्वरमा श्रद्धालुहरुको उपस्थिती रहने छ ।

  • २८ श्रावण २०८१, सोमबार ०८:४९ प्रकाशित