बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको प्रकरणमा हिरासतमा रहेका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।

शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले झासँग बयान लिइसकेको छ । झा असार १४ मा पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका १० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका ७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ ।

उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ ।

  • २७ श्रावण २०८१, आईतवार १७:५६ प्रकाशित