भारतीय सचिव मिस्री र प्रधानमन्त्रीबिच भेट

केन्द्रभाग मिडिया

काठमाडौं

भारतीय विदेश सचिव विक्रम मिसीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन । आइतबार अपराह्न विदेश सचिव मिस्रीले सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन ।

प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिदै द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

  • २७ श्रावण २०८१, आईतवार १७:२२ प्रकाशित