सरकारलाई तारागाउँ विकास समिति बोझ बन्यो : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होट तथा रेष्टुरेण्टहरु रहेको र तिनीहरको सदुपयोग हुनु नसक्दा तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा पर्यटन समितिको बैठकमा नेपालले उक्त कुरा बताएका हुन । तारागाउँ बिकास समितिबाट सञ्चालित ककनीको रिसोर्टमा आफु बसेको बताउदै नेपालले त्यसको ब्यवस्थापन खत्तम रहेको वताए । त्यस्तै नगरकोटको नेपाली सेनाको ब्यारेक नजिकको रिसोर्टमा समेत बसेको र त्यसको बेहाल देखेको उनको भनाइ रहेको थियो । नेपालले पोखराको रिसोर्टको बारेमा पनि नराम्रो कुरा सुनेको बताए ।

तारागाउँ विकास समिति केही कर्मचारी र व्यक्तिहरुलाई जागिर खुवाउने ठाउँमात्रै बनेको छ कि यसबाट सरकारलाई राजश्व पनि प्राप्त भइरहेको छ भनेर जानकारी राख्नुपर्ने बताउदै तारा गाउँ विकास समितिको नाममा रहेका जग्गा र रिसोर्टहरु सदुपयोग भइरहेको छ कि दुरुपयोग भइरहेको छ भनेर जानकारी लिनुपर्ने र दीर्घकालसम्म सोचेर व्यवस्थित बनाउनुपर्ने उनले बताए । राम्रोसँग सन्चालन गर्न निजी क्षेत्रलाई पनि दिन सकिने नेता नेपालको भनाइ छ ।

  • २७ श्रावण २०८१, आईतवार १५:४४ प्रकाशित