विमतिका विषयवस्तुलाई जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्छ : महामन्त्री शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसंग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने बताएका छन । महामन्त्री शर्माले सरकर संगको विमतिको विषयहरुमा चुप लागरे बस्न नसकिने समेत बताए ।

नेपाल निजामति कर्मचारी युनियनले काठमाडौंमा आयोजन गरेको कार्यक्रममा वोल्दै महामन्त्री शर्माले कांग्रेस र एमालेबिच विमतिको विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको बताउदै एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।

महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने समेत बताए । आफूहरुबिच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको उनको दावी रहेको थियो ।

महामन्त्री शर्माले सत्तारुढ दलहरुबीच विमतिका कयौं विषयहरु रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्नेकुरा हुनै नसक्ने बताउदै सरकारको भविष्य काम र संयमतामा निहित रहेको बताए ।

कांग्रेस र एमाले बीच गठबन्धन गर्दाखेरी विमतिको बीचमा सहमती गरेर अगाडी वढेको बताउदै आफुहरु चुप लागेर बस्नको लागि यो गठबन्धन नबनाएको समेत शर्माले बताए ।

 

  • २६ श्रावण २०८१, शनिबार १७:०० प्रकाशित