वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

केन्द्रभाग मिडिया

वीरगन्ज ।

पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट ९भेप० बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो ।

रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।

उनका अनुसार बरामद भएको हरेक कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ ।बरामद भेपको बजार मूल्य ४ करोड ४६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

  • २५ श्रावण २०८१, शुक्रबार १५:३४ प्रकाशित