सिक्किममा भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो ।

  • २५ श्रावण २०८१, शुक्रबार ०९:५८ प्रकाशित