५० औं भू – संरक्षण दिवसको अवसरमा बाँस रोपण

केन्द्रभाग मिडिया

पोखरा ।

५० औं भू– संरक्षण दिवस २०८१ को अवसरमा बाँस रोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरेका हुन् । ।

पौडेलले जलवायु उत्थानशिलताका लागि व्यवस्थित जलाधार भएको बताउँदै जल जमिन र जंगलको संरक्षण नै समृद्धिको मुख्य आधार भएको उल्लेख गरे ।

पौडेलले व्यवस्थित जलाधारबाट नै जलवायु परिवर्तनका असर न्यूनीकरण हुने उल्लेख गर्दै विकास निर्माण पर्यावरणमैत्री बनाउने तर्फ ध्यान दिन आग्रह गरे । वातावरण मैत्री विकास बिना दिगो विकासका लक्ष्य प्राप्ति असम्भव रहेको भन्दै प्रमुख पौडेलले वृक्षारोपण लगायतका कार्यक्रम जलवायू उत्थानमा सहयोगी हुने बताए ।

बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीका निमित्त कार्यालय प्रमुख अमर अधिकारीले रोपिएका बिरूवाको उचित स्याहार सम्भार र रेखदेखमा ध्यान दिन स्थानीय वडा र स्थानियबासीलाई आग्रह गरे ।

कार्यक्रममा सो वडाका अध्यक्ष रामकाजी गुरुङ ,वडा सदस्य चेत बहादुर क्षेत्री सहितका जनप्रतिनिधि र स्थानीयहरूको सहभागीता रहेको थियो ।

वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीको व्यवस्थापन र पोखरा महानगर पालिका वडा न २३ को कार्यालयको संयोजनमा सोही वडाको बाम्दिस्थित हर्पनखोला किनारमा करिब ५० वटा बाँसका बिरुवा रोपिएको हो  ।

  • २४ श्रावण २०८१, बिहीबार १६:०९ प्रकाशित