हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव आज पोस्टमार्टम गरिंदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ ।

त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।

  • २४ श्रावण २०८१, बिहीबार ११:०६ प्रकाशित