काठमाडौँ ।
बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।
बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ ।














