पोखरा वडा १४ को रेबिज विरुद्धको शिविर : २११ वटा घर पालुवा कुकुरको अभिलेखिकरण

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा भएको अभिलेखिकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम आज सकिएको छ ।

पोखरा महानगरपालिका पशु महाशाखाको प्राविधिक सहयोगमा वडा १४ ले पाँच स्थानमा शिविर अन्तर्गत सो कार्यक्रम गरेको हो ।

वडा सदस्य दिल माया गुरुङको नेतृत्वमा २११ वटा घर पालुवा कुकुरहरुको अभिलेखिकरण गरिएको छ । पाँच दिन सम्म चलेको शिविरमा करिब १०५० घर पालुवा कुकुरहरु दर्ता भएको छ ।

पोखरा महानगर पालिका पशु महाशाखा अधिकृत लगायत सम्पूर्ण परिवार, शिविरका निमित्त निशुल्क रूपमा घर ब्यवस्थापन गर्ने घर धनि बिपि मार्गमा सफल कम्प्लेक्स परिवार , काजि पोखरी हवेलि मार्गकी गोमा के सि , कार्यक्रम अवधीमा सहजीकरण गर्न सहयोग गर्ने टोल विकास संस्थाहरु ,आमा समुहहरु , विभिन्न संघ सस्था , राजनीतिक तथा सामाजिक व्यक्तित्व एवम वडा बासीलाई वडाले धन्यवाद दिएको छ ।

  • २३ श्रावण २०८१, बुधबार ११:१२ प्रकाशित